नेपाल आयल निगममा रोजगारीको अवसर, रिक्त १२७ स्थानमा पदपूर्ति गरिँदै

0
Shares

नेपाल आयल निगमले रिक्त रहेको विभिन्न १२७ पदमा स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको छ ।

खुल्ला, आन्तरिक प्रतियोगिता तथा ज्येष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा गरिने बढुवा मार्फत रिक्त स्थानमा पदपूर्ति गरिन लागिएको हो ।

निगमका अनुसार खुल्ला प्रतियोगिताबाट ६० र आन्तरिक प्रतियोगिताबाट २० वटा पद पूर्ति गरिनेछ । खुल्ला तर्फ निर्देशकदेखि तहविहिनसम्मको ६० रिक्त पदमा तथा आन्तरिक प्रतियोगिता मार्फत ५ तहदेखि १० तहसम्ममा पदपूर्ति गरिन लागिएको हो ।

यसैगरी, बाँकी ४७ पद ज्येष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा गरी पदपूर्ति गर्न आवेदन माग गरेको छ । बढुवा मार्फत ५ देखि ११ तहसम्मका कर्मचारी माग गरिएको निगमले जनाएको छ ।

लोकसेवा आयोगबाट लिइने प्रतियोगितात्मक लिखित परीक्षा मार्फत पद पूर्ति गर्न आवेदन माग गरिेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।