मर्जर-प्राप्ति प्रक्रियाले १७९ संस्थाहरुको इजाजत खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले लिएको वित्तीय स्थायित्व सुदृढीकरण गर्ने नीतिका कारण हालसम्म १७९ संस्थाको इजाजतपत्र खारेजी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमसान्तसम्म कुल २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर–प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७९ संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् सो संख्यामा स्थापना भएका संस्थाको अस्तित्व समाप्त भएको हो ।

विसं २०७८ भदौमसान्तसम्म कुल २३१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल हुँदा १७२ संस्थाहरुको इजाजत खारेज हुन गई ५९ संस्था कायम भएका थिए । पछिल्लो एक वर्षमा मात्रै थप ७ संस्थाको मर्जर तथा प्राप्तीका कारण इजाजत खारेज भएको हो ।

चालु आव सुरु भए यता साउन १ गतेदेखि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेस तथा असार २७ गतेदेखि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेका थिए । सोभन्दा अघि गरिमा विकास बैंकले केसीएल अस्टुट क्यापिटल, मिर्मिरे र बुद्धज्योति लघुवित्त, घोडीघोडा र युनिक नेपाल लघुवित्त, रैराङ र रिडी हाइड्रोपावर, आरम्भ चौतारी र देउराली लघुवित्त तथा वोमी र सूर्योदय लघुवित्तबीच एक आपसमा मर्जर तथा प्राप्ती भई एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।