गुराँस लाइफको ७.४४ प्रतिशत बोनस सेयर पारित

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको कम्पनीले जनाएको छ

साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ।

साथै, सभाले आ।ब २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ। सभाले गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मूल्याकंन गर्नका लागि मूल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मूल्याङ्कनकर्ता नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।