नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।