लक्ष्मी क्यापिटलको साधारण सभा कात्तिक २७ गते, लाभांश वितरण मुख्य एजेन्डा

0
Shares

लक्ष्मी क्यापिटलले कात्तिक २७ गते आइतबार चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।

क्यापिटलको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी बैंक लिमिडेट, हात्तिसार, काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो ।

सभामा क्यापिटलले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसैगरी सभाले आव २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहनेछ ।

साथै, आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।