नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको कारोबार फुकुवा

0
Shares

नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इकाई कारोबार कार्तिक १४ गते सोमबारदेखि फुकुवा भएको छ । यसअघि दुबै फण्डका लाभांश वितरण गर्ने निर्णय ढिलो गरी सार्वजनिक भएपछि नेप्सेले दुबैको कारोबार रोक्का गरेको थियो ।

दुई फन्डले मानवीय कमजोरीका कारण प्रतिफल घोषणाको पत्र कार्यालय समयमा नपुगेको र अब उप्रान्त यस्तो कमीकमजोरी नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेपछि नेप्सेले कारोबार फुकुवा गरिदिएको जनाएको छ ।

असोज २५ गते बिहान १० बजे लाभांश सम्बन्धी निर्णय गरेपनि योजना व्यवस्थापकले नेप्सेलाई भने असोज २६ गते मात्र जानकारी गराएको थियो । नियमअनुसार मूल्य संवेदनशील सूचना निर्णय हुनासाथ तत्काल वा त्यसको भोलिपल्ट कारोबार समयअघि नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ ।

नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत तथा नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश (प्रतिफल) दिने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।