ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस बाँड्ने, नगद २ अर्ब ५२ करोड

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले १३.६% लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट १३.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३ प्रतिशत र करसहित नगद लाभांश १०.६० प्रतिशत रहेको छ ।

यस आधारमा बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण हुनेछ ।

नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति भएपश्चात लाभांश वितरण हुनेछ ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

हाल ग्लोबल आइएमई बैंक अफ काठमान्डूसँग मर्ज प्रक्रियामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।