स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६८ प्रतिशतले बढ्यो

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCB) को नाफा ६८.३९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले ४८ करोड १८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५.३३ प्रतिशत बढेर ४८ करोड ५५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा ३१ करोड ४१ लाख रुपैयाँमा सीमित थियो ।

चुक्ता पुँजी १० प्रतिशत बढाएर ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रहँदा जगेडा कोषमा ६ अर्ब ५४ करोड ४२ लाख सञ्चित छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ११.९४ रुपैयाँ बढेर ३४.४२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ, कस्ट अफ फण्ड ७.१४ प्रतिशत, आधारदर ९.२६ प्रतिशत, सीडी रेसियो ८३.९८ प्रतिशत, स्प्रेडदर ३.८७ प्रतिशत र पीई रेसयो ११.९१ गुणा छ ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ७३ लाख रुपैयाँ बढी निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले ८५ अर्ब ४५ करोड ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ९९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ९.७४ प्रतिशत, निक्षेप १७.०३ प्रतिशत र कर्जा लगानी १४.८१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत, सञ्चालन नाफा ६९.२० प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा १ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले ८६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ६८ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकको खराब कर्जाको अनुपात गत आवको यसै अवधिमा ०.६७ प्रतिशत रहेकोमा बढेर ०.७७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य १४२६ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।