मुक्तिनाथको प्रगतिमा लाग्यो ब्रेक, खुद नाफा ३० करोडमा सीमित

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को प्रगतिमा ब्रेक लागेको छ ।

विकास बैंकहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको यस बैंकको खुद ब्याज आम्दानीमा राम्रै सुधार भएको भएपनि बढेको खराब कर्जाका कारण नोक्सानी व्यवस्था (प्रभिजनिङ्ग) वृद्धि हुँदा नाफामा असर पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३० करोड ७४ लाख १५ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको नाफा ३ करोड ८१ लाख बढीले घटेको हो ।

बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ४७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

मुक्तिनाथ विकास बैंकले असोज मसान्तसम्म १ खर्ब ५ अर्ब ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको अन्त्यसम्म बैंकले १ खर्ब ४ अर्ब ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २२.२३ प्रतिशत वृद्धि गर्दै १ अर्ब २ करोड खुद ब्याज आम्दानी गर्दा सञ्चालन मुनाफा ४९ करोड ३६ लाखबाट घटेर ४३ करोड ९१ लाखमा सीमित भएको छ ।

चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लख ८० हजार रुपैयाँ रहेको बैंकको खुद नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानी २४.४४ बाट ह्रास भई २१.७४ रुपैयाँमा संकुचित बनेको छ । यस्तै जगेडा कोषको आकार १ अर्ब ६२ करोडबाट वृद्धि भई १ अर्ब ९५ करोड पुगेको छ ।

वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर नेटवर्थ १४८.५८ रुपैयाँ, पीई रेसियो १८.७२ गुणा, प्रतिशत, प्रतिशत कायम भएको छ । बैंकको खराब कर्जाको अनुपात ०.२३ बाट बढेर ०.७७ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड १०.१५ प्रतिशत, आधारदर १२.४२ प्रतिशत, सीडी रेसियो ८२.९७ प्रतिशत, स्प्रेडदर ४.९९ प्रतिशत छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य २१४७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।