सेञ्चुरी बैंकको खुद नाफा ३१ करोड ८५ लाख

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १६.९० प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४५२.३६ प्रतिशत बढेर ५४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९ करोड ९० लाख रुपैयाँमा वितरणयोग्य मुनाफा थियो ।

पहिलो त्रैमासमा बैंकले ९५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ४३ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६७ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ३७ करोड ६६ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । एक वर्षमा खुद ब्याज आम्दानी ६०।२२ प्रतिशत र सञ्चालन मुनाफा १६.६९ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी १२.०६ बाट बढेर १३.३४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषको आकार १ अर्ब ७२ करोडबाट ३७.०४ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १३०.५२ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जाको अनुपात १.८८ प्रतिशतमा स्थीर रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.७३ प्रतिशत, आधारदर १०.७६ प्रतिशत, सीडी रेसियो ८८.४० प्रतिशत, स्प्रेडदर ३.७२ प्रतिशत र पीई रेसयो १४.४७ गुणा छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य १२१७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।