कृषि विकास बैंकको खुद नाफा ५४.४८ प्रतिशतले घट्यो

0
Shares

कृषि विकास बैंक लिमिटेड (ADBL) को खुद नाफा ५४.४८ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । गत असोजमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ थियो ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको अन्त्यसम्ममा बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चुक्ता पुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँबाट घटेर ४.२३ रुपैयाँमा झरेको छ । यस्तै बैंकको जगेडा कोषको आकार ११ अर्ब ३७ करोड रुपैयाँबाट ७.३८ प्रतिशतले बढेर १२ अर्ब २१ करोड रुपैयाँ सञ्चित हुन पुगेको छ ।

असोज मसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा २४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

बैंकको खराब कर्जाको अनुपात २.०८ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१६.८३ रुपैयाँ, सीडी रेसियो ८८.६७ प्रतिशत, आधारदर ९.८३ प्रतिशत, पीई रेसयो ७४ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।