६ बैंकले तीन महिनामा कमाए एक अर्ब माथि खुद नाफा, १२ बैंकको घट्यो

0
Shares

चालु आवको पहिलो त्रैमासमा ६ वटा वाणिज्य बैंकहरुले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकको कुल नाफा १८ अर्ब ७० करोड ८६ लाख ३८ हजार रुपैयाँ रहेको छ । जुन गत आवको यसै अववधिको तुलनामा ५.६६ प्रतिशत धेरै हो ।ऋघिल्लो आवको यसै अवधिमा २६ बैंकले कुल १७ अर्ब ७० करोड ५७ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

चालु आवको तीन महिना अवधिमा एनआईसी एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका हुन् ।

यस अवधिमा वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रोमा रहेको नबिलले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख, ग्लोबल आइएमई बैंक १ अर्ब १८ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ६ लाख र कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा २०७८ असोजको तुलनामा २०७९ असोज मसान्तसम्मको अवधिमा बाह्र बैंकको खुद नाफा भने घटेको छ । नाफा घट्ने बैंकहरुमा सनराइज बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खुद नाफा घटेको छ ।

Bank Name Net Profit in Thousand Change %
S.N. SYMBOL 2079 Ashoj 2078 Ashoj
1 NICA 1756779.38 1180691.66 48.79
2 NABIL 1571537.00 1112234.00 41.30
3 RBB 1246678.22 1050614.50 18.66
4 GBIME 1189545.00 1112224.00 6.95
5 NIB 1140597.00 923797.00 23.47
6 KBL 1001459.38 541119.92 85.07
7 NMB 904134.00 1044437.00 -13.43
8 PCBL 874170.40 977934.63 -10.61
9 EBL 826237.00 578873.00 42.73
10 SCB 811397.00 481847.00 68.39
11 PRVU 705006.00 636321.00 10.79
12 SBI 627357.81 372911.27 68.23
13 NBL 601098.05 754855.92 -20.37
14 SANIMA 539037.69 567860.47 -5.08
15 HBL 532475.87 452853.11 17.58
16 NCCB 516836.16 518057.90 -0.24
17 MEGA 509169.28 914686.69 -44.33
18 LBL 503472.00 552870.00 -8.93
19 CZBIL 501215.55 687399.75 -27.09
20 SBL 498250.32 948731.04 -47.48
21 MBL 451183.44 561536.62 -19.65
22 CBL 415091.00 291849.00 42.23
23 CCBL 318515.00 272476.00 16.90
24 BOKL 280615.31 253477.34 10.71
25 ADBL 220953.11 485378.20 -54.48
26 SRBL 165827.79 430716.06 -61.50
TOTAL 18708638.74 17705753.06 5.66

सबैभन्दा धेरै नाफा घटेको सनराइज बैंकको ६१.५० प्रतिशतले नाफा घटेको छ । कृषि विकास बैंकको ५४.४८, सिद्धार्थ बैंकको ४७.४८, मेगा बैंक ४४.३३, सिटिजन्स बैंकको २७.०९, नेपाल बैंक २०.३७, माछापुच्छ्रे बैंक १९.६५, एनएमबि बैंक १३.४३, प्राइम कमर्सियल बैंक १०.६१, लक्ष्मी बैंक ८.९३, सानिमा बैंक ५.०८ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खुद नाफा ०. २४ प्रतिशतले घटेको छ ।

सबैभन्दा कम नाफा सनराइज बैंकले गरेको छ । बैंकले १६ करोड ५८ लाख नाफा आर्जन गर्दा कुषि विकास र बैंक अफ काठमाण्डूको पनि ३० करोडभन्दा कम छ । सेञ्चुरी, सिभिल बैंक, माछापुच्छ्रे र सनराइज बैंकको खुद नाफा ५० करोडभन्दा कम छ ।

सात बैंकको खुद नाफा ४० प्रतिशत धेरै बढ्यो

समीक्षा अवधिमा ७ बैंकको खुद नाफा ४१ देखि ८५ प्रतिशतसम्म बढेको छ । असोज मसान्तसम्ममा कुमारी बैंकले सर्वाधिक ८५.०७ प्रतिशतले खुद नाफा बढाउँदा स्ट्याण्डर्ड चार्टड ६८.३९ र नेपाल एसबिआई बैंकको खुद नाफा पनि ६८.२३ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी एनआईसी एशियाको ४८.७९ प्रतिशत, एरभेष्ट बैंक ४२.७३, सिभिल बैंक ४२.२३ र नबिल बैंकको नाफा ४१.३० प्रतिशतले बढेको छ ।

Bank Name Change %
S.N. SYMBOL
1 KBL 85.07
2 SCB 68.39
3 SBI 68.23
4 NICA 48.79
5 EBL 42.73
6 CBL 42.23
7 NABIL 41.30
8 NIB 23.47
9 RBB 18.66
10 HBL 17.58
11 CCBL 16.90
12 PRVU 10.79
13 BOKL 10.71
14 GBIME 6.95
15 NCCB -0.24
16 SANIMA -5.08
17 LBL -8.93
18 PCBL -10.61
19 NMB -13.43
20 MBL -19.65
21 NBL -20.37
22 CZBIL -27.09
23 MEGA -44.33
24 SBL -47.48
25 ADBL -54.48
26 SRBL -61.50
TOTAL 5.66

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।