निफ्राले तीन महिनामा कमायो पौने ३८ करोड खुद नाफा

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३७ करोड ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ५६.४६ प्रतिशत बढी भएको हो । गत आवको सोही अवधिसम्म बैंकले २४ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी २१ अर्ब ६० करोड रहेको बैंकको प्रतिसेयर आम्दानी ७.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.७८ रुपैयाँ रहेको छ । यस्तै बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड सञ्चित छ । गत आवको सोही अवधिको तुलनामा जगेडा कोष २० प्रतिशत घटेको छ । बैंकले ८ प्रतिशत बोनस सेयर वितरण गरेपछि जगेडा कोष संकुचित बनेको हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा ३९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १७ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३३ प्रतिशत र कर्जा लगानी २६१ प्रतिशत धेरै बढेको हो ।

गत आवको यसै अवधिमा १९ करोड ६ लाख रहेको बैंकको वितरणयोग्य नाफा २०७९ असोज मसान्तसम्म २९ करोड ८५ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।