सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट र सनराइज ब्लूचिप फण्ड दुबैको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १३ पैसाले घटेको छ ।
मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेर ११.१९ रुपैयाँ तथा सनराइज ब्लूचिप फण्डको ८.५४ रुपैयाँमा झरेको हाे । अघिल्लो महिना अर्थात भदौ मसान्तसम्म सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ ११.३२ रुपैयाँ तथा सनराइज ब्लूचिप फण्डको न्याभ ८.६७ रुपैयाँ रहेको थियो । एक महिनामा दुबैको फन्डको न्याभ १३ पैसाले घटेको हो ।
सनराइज फर्स्टको खुद सम्पत्ति भदौको तुलनामा असोज मसान्तमा १ करोड १२ लाख ४८ हजार रुपैयाँ घटेर ९६ करोड २४ लाख ५५ हजार रुपैयाँ तथा सनराइज ब्लूचिप फण्डको खुद सम्पत्ति १ करोड ६१ लाख १८ हजार रुपैयाँ घटेर १ खर्ब ६ अर्ब ७१ करोड ५३ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सार्वजनिक असोज महीनाको वित्तीय विवरण अनुसार सनराइज फर्स्टको सूचीकृत सेयरमा लगानी पनि घटेको छ । भदौ महीनामा ५८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको लगानी असोजमा मसान्तमा ८६ लाख ५१ हजार रुपैयाँ घटेर ५७ करोड ५६ लाख ४१ हजार रुपैयाँमा झरेको हो ।
उता सनराइज ब्लूचिप फन्डको असोज मसान्तसम्म सूचीकृत सेयरमा ६१ करोड ८८ लाख ७२ हजार रुपैयाँ लगानी रहेको छ । भदौ मसान्तसम्म सूचीकृत सेयरमा ६० करोड ३९ लाख ७९ हजार लगानी गरेको उक्त फण्डको लगानी असोज मसान्तसम्म १ करोड ४९ लाख रुपैयाँले वृद्धि भएको हो ।
असोज मसान्तसम्म सनराइज फर्स्टको नोक्सानी १ करोड ११ लाख ७४ हजार रुपैयाँ बढेर ३ करोड ३३ लाख ९० हजार रुपैयाँमा पुगेको छ । गत महीना (भदौ) मा फन्ड २ करोड २२ लाख १६ हजार नोक्सानीमा थियो । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै ब्लूचिप फन्डको नोक्सानी असोज मसान्तसम्ममा १ करोड ६१ लाख १८ हजार रुपैयाँ बढेर ३ करोड ५४ लाख ४२ हजार नोक्सानीमा पुगेको छ । भदौ मसान्तसम्म फन्डको नोक्सानी १ करोड ९३ लाख २४ हजार रुपैयाँ थियो । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा १० करोड रुपैयाँ लगानी गरेको छ ।
दुबै योजना सनराइज क्यापिटलको व्यवस्थापन अन्तर्गत सनराइज म्युचुअल फन्डद्धारा सञ्चालित छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया