सन् २०२२ को ९ महिनामा स्वीस बैंकले गुमायो १४३ अर्ब डलर

0
Shares

स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ ।

विश्वव्यापी रुपमा मुद्रास्फीति आकाशिदै गएपछि विकसीत देशका राष्ट्रहरुले ब्याजदर बढाइरहेका छन् । ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ ।

यसैक्रममा स्वीस फ्रान्कलाई कमजोर हुन नदिन र विश्व बजारमा स्वीस फ्रान्कको मूल्य सन्तुलनमा राख्न स्वीस बैंक प्रयत्नरत रहेको छ । स्वीस फ्रान्कको मूल्यमा कमी आउन नदिन स्वीस बैंकले १४१ अर्ब फ्रान्क बराबरको बन्ड खरिद गरेको थियो । यसकारण स्वीस बैंकले १४२ अर्ब ६० करोड अमेरिकी डलर बराबरको विदेशी सञ्चिति गुमाएको छ ।

स्वीस बैंकले सार्वजनिक गरेको घाटा मोरोक्को इकोनोमिक आउटपुटले अनुमान गरेको गिरावट भन्दा धेरै रहेको छ । मोरोक्को इकोनोमिक आउटपुटमा स्वीस बैंकले १३२ अर्ब डलर गुमाउने प्रक्षेपण गरिएको थियो । उक्त प्रक्षेपणलाई पछि पार्दै स्वीस बैंकले सन् २०२२ को ९ महिनामा १खर्ब ४२ अर्ब ६० करोड बढी गुमाउन पुगेको छ, जुन ११५ वर्ष यताकै उच्च रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।