मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससमा ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ५२ हजार रुपैयाँ खुद नाफा ऋणात्मक रहेको थियो ।
फाइनान्स कम्पनीमध्येको कमजोर उक्त फाइनान्सको निष्क्रिय कर्जा घटेर इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै नाफा धनात्मक बनेको हो ।
फाइनान्सको खुद ब्याज आम्दानी ३.५८ प्रतिशत घटेर ४९ लाख ६ हजार तथा सञ्चालन मुनाफा ५ लाख ७८ हजार रुपैयाँ छ । यस अवधिमा फाइनान्सको १९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
गत असारको तुलनामा फाइनान्सको चुक्ता पूँजी १३ प्रतिशत, निक्षेप १८९.६५ प्रतिशत र कर्जा ८२.८५ प्रतिशत बढेको छ । यस अवधिमा जगेडा कोष ४७.७४ प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सको चुक्ता पुँजी ४५ करोड २० लाख, जगेडा कोष ४ करोड ४५ लाख, निक्षेप संकलन १ अर्ब ३ करोड र कर्जा लगानी ७८ करोड ९० लाख रहेको छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ३७ पैसा, प्रतिशेयर नेटवर्थ १०९.८६ रुपैयाँ, कष्ट अफ फण्ड १०.०६ प्रतिशत, खराब कर्जा ०.२२ प्रतिशत, मूल्य आम्दानी अनुपात ८४८.६२ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया