ब्लु चेकमार्क भएका ट्वीटर प्रयोगकर्ताले मासिक ८ डलर भुक्तानी गर्नुपर्ने

0
Shares

ट्वीटरका प्रमाणित प्रयोगकर्ता अर्थात् आफ्नो ट्वीटर आइडीको पछाडि ब्लु टिक भएका प्रयोगकर्ताहरुबाट मासिक रुपमा ८ डलर शुल्क लिने ट्वीटरले जनाएको छ।

ट्वीटरका नयाँ मालिक एलन मक्सले सामाजिक सञ्जाल ट्वीटरले विज्ञापन मार्फत गर्ने आम्दानीलाई कम गर्दै प्रयोगकर्ताबाट नै आम्दानी जुटाउने निर्णय गरेका छन् ।

यस अघि ट्वीटरले विज्ञापनबाट मात्रै आम्दानी गर्दै आइरहेको थियो । विज्ञापनहरुमा ट्वीटरको निर्भरता कम गर्न उक्त निर्णय गरेको मक्सले बताएका छन् ।
ट्वीटरमा ट्वीट गर्दै मक्सले ट्वीटरका सामन्तवादी प्रवृत्तिको अन्त्य, अब मानिसहरुकै हातमा शक्ति, ब्लु टिकको लागि ८ डलर भन्ने ट्वीट गरेका छन् ।

यसैगरी ब्लु टिक सब्क्रिप्सनको मूल्य देश अनुसार फरक पर्ने छ । ८ डलर भुक्तानी गर्ने प्रमाणित प्रयोगकर्ताहरुले विशेष सुविधा पाउने छन् । रिप्लाई, मेन्सन, सर्चमा विशेष प्राथमिकता, लामो भिडियो, अडियो पोस्ट गर्ने सुविधा र विज्ञापनको सङ्ख्या अहिलेको तुलनामा आधा भन्दा धेरै कम हुने जस्ता सुविधाहरु उनीहरुले पाउने छन् ।

ट्वीटरले गरेको पोलमा ८० प्रतिशत प्रयोगकर्ताहरुले ८ डलर भुक्तानी गर्न नसक्ने बताएका छन् । यसैगरी १० प्रतिशत प्रयोगकर्ताहरुले ५ डलर भुक्तानी गर्न तयार रहेको जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।