समृद्धि फाइनान्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा फाइनान्स २६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।
असोज मसान्तसम्म फाइनान्सले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समृद्धि फाइनान्सको चुक्ता पुँजी ७४ करोड २१ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २६ लाख ९८ हजार रुपैयाँ सञ्चित छ ।
फाइनान्सको खराब कर्जा अनुपात ६.०१ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ४.५८ प्रतिशत थियो । फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी १६.९६ रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १२९.२४ प्रतिशतले बढेर २ करोड ४१ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस त्रैमाससम्म आईपुग्दा फाइनान्स ३ करोड ६५ लाख १ हजार रुपैयाँ खुद नोक्सानमा रहेको छ । गत आवको यसै अवधिमा ५७ लाख २५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
असोजसम्ममा फाइनान्स कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.५७ रुपैयाँ, कष्ट अफ फण्ड ९.४९ प्रतिशत, आधारदर १४.३८ प्रतिशत र सिडी रेसियो ८८.६९ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया