इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बिहीबार बाँडफाँड भएको हो।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको शेयरमा आवेदन नपरेको शेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता शेयर शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो।
क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये गोलाप्रथामार्फत कुल ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकि आवेदक हात खाली भएका छन् ।
कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया