फेडले पुनः बढायो औसत ब्याजदर, विश्व सेयरबजार ओरालो लाग्दै

0
Shares

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले पुनः ०.७५ प्रतिशत ब्याजदर बढाएको छ । ०.७५ प्रतिशतले ब्याजदर बढाउने शिलशिला फेडले चौथो पटकसम्म जारी राखेको छ ।

सन् २०२२ को मार्च महिनाबाट ब्याजदर बढाउन सुरु गरेको फेडले नोभेम्बर महिनामा आइपुग्दा ब्याजदर बढाई ३.७५ प्रतिशत पु¥याएको छ । ४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मूल्यवृद्धि नियन्त्रण गर्न आर्थिक गतिविधिलाई सुस्त बनाउने र ब्याजदर बढाउने नीति अघि सारेको छ ।

यसै सन्दर्भमा फेडका अध्यक्ष जेरोम पावेलले आफूहरुले जुनसुकै हालतमा पनि मुद्रास्फीति नियन्त्रण गर्ने जनाएका छन् । उनले ब्याजदर वृद्धिले कर्जाको ब्याजदर वृद्धि गरेता पनि मुद्रास्फीति नियन्त्रणमा नआउँदा सम्म ब्याजदर बढाउने घोषणा गरेका छन् । यसमा कुनै आशंका वा दुईमत नरहेको उनले जनाएका छन् ।

फेडले ब्याजदर बढाउँदा त्यसको प्रभाव विश्व सेयरबजारमा परेको छ । एस एन्ड पी ५०० सेयर सूचांक आज २.५ प्रतिशतले ओरालो लागेको छ । यसैगरी नास्डाक् कम्पोजिट सूचांकमा ३ प्रतिशत भन्दा धेरैले गिरावट आएको छ ।

यसैगरी एशिया प्यासिफिक क्षेत्रको वृहत सेयर सूचांक एमएससीआई १.७२ प्रतिशतले ओरालो लागेको छ । नेपालको सेयर सूचांक नेप्से १२.६८ विन्दुले ओरालो लाग्दा ०.६५ प्रतिशतको गिरावट आएको छ ।

सेयरबजार ओरालो लागेपनि बन्ड मार्केट आकाशिएको छ । अमेरिकी १० वर्षीय बन्डको कुपन रेट बढेर ४ं.०८४ प्रतिशत पुगेको छ । यसैगरी दुई वर्षीय अमेरिकी बन्डको कुपन रेट बढेर ४.६०३ प्रतिशत पुगेको छ ।

फेडले औसत ब्याजदर बढाउँदा लगानीकर्ताहरु डलरमा लगानी गर्न आकर्षित देखिएका छन् । जसकारण डलरको माग उच्च हुँदा डलर थप शक्तिशाली हुन पुगेको छ । डलरसँगको विनिमयमा युरो बराबर ०.९८२ अमेरिकी डलरमा विनिमय भइरहेको छ ।

यसैगरी आज नेपालमा डलर र रुपैयाँको कारोबार १ डलर बराबर १३२.७६ रुपैयाँमा भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।