ब्याज वृद्धिको विरुद्ध उद्योगी व्यवसायीद्धारा आन्दोलन घोषणा

0
Shares

उद्योगी व्यवसायीहरुले ब्याज वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयोजनामा कार्तिक १८ गते शुक्रबार माइतिघर मण्डलामा बिहान ११ बजे देखी १२ बजे सम्म शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने भएका छन ।

वर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुउपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि विरुद्ध राज्य लाई सचेत गराउन शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुको विरुद्ध राज्य लाई सचेत गराउन तथा नियामक निकाय बाट यी अनुउपयुक्त कदमहरुको यथासक्य चाँडो संवोधन होस भनि ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त आव्हानमा भोली शुक्रबार २०७९ कार्तिक १८ गते बिहान ११ बजे देखी १२ बजे सम्म माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।