एनएमबि बैंक र यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस बिच समझदारी

0
Shares

एनएमबि बैंक र यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस विच लगानीलाई सहज बनाउने सम्झौता भएको छ । ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउने गरी बैंक र यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस बिच सहमती भएको हो ।

सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच विसतार गरिने बैंकले जनाएको छ । सहकार्यले कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ ।

यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो । यसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउन सघाउ पु¥याउछ ।

एनएमबि बैंक विगत २६ वर्ष निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधी पाएको छ ।

बैंकले चार पटकसम्म नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत आधु्निक बैंकिङ सेवाप्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।