एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश , बोनस सेयर र नगद कति ?

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ७.६८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । १३ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।