नेशनल लाइफले डाक्यो साधारण सभा, पौने ६४ करोड लाभांश अनुमोदन हुने

0
Shares

नेशनल लाईफ इन्स्योरेन्सले आगामी मंसिर १८ गते कम्पनीको ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्सको कार्तिक १६ गते बुधबार सम्पन्न सञ्चालक समितिकाे बैठकले मंसिर १८ गते आइतबार आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सभा बोलाएको हो ।

इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप कुल ६३ करोड ७१ लाख ३० हजार २३५ रुपैयाँ लाभांशको रुपमा वितरण गर्नेछ । जसअनुसार हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशतले दरले ६० करोड ५२ लाख ७३ हजार ७२३ रुपैयाँ बोनस र बोनस सेयरको कर प्रयोजनाका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश दिने विशेष प्रस्ताव पारित गर्ने रहेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाव एवं लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ८ गते बिहीबार एक दिन बुकक्लोज गर्ने मिति निर्धारण गरेको छ । यस अनुसार मंसिर ७ गते बुधबारभित्र नेप्सेमा सेयर कारोबार भइ कायम हुन आउने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।