ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले ९ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म लघुवित्तले ६ अर्ब ३८ करोड १३ लाख सापटी तथा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब २४ करोड ५१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२३ प्रतिशत घटेर २१ करोड ९८ लाख २४ हजार रुपैयाँमा खुम्चिएको छ । लघुवित्तको सञ्चालन नाफा १ अर्ब ३१ करोड ४९ लाख ५८ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३० करोड २० लाख ६२ हजार तथा सञ्चालन नाफा १३ करोड ५४ लाख ३१ हजार रुपैयाँ थियो ।
असोजसम्म संस्थाले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ खराब कर्जा वापत प्रोभिजन व्यवस्थापनका लागि छुट्याएको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड ९० लाख मात्र व्यवस्था गरेको थियो । उच्च प्रोभिजनिङ्गका कारण लघुवित्त नोक्सानीमा पुगेको हो ।
चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको ग्रामीण विकासको प्रतिसेयर आम्दानी ४.८० रुपैयाँ नोक्सानी छ । यस्तै प्रतिसेयर नेटवर्थ २३०.०७ रुपैयाँ, खराब कर्जा अनुपात ४.९१ प्रतिशत छ । लघुवित्तको जगेडा कोषमा १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ सञ्चित भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया