सुनचाँदीको भाउ सामान्य घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

सुनचाँदीको भाउ कार्तिक २१ गते सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा चाँदीको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले सस्तिएको छ ।

आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन आइतबार सुनको भाउ तोलामा १४ सयले बढेर छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ ९४ हजार ८०० रुपैयाँ तथा चाँदी प्रतितोला ५० रुपैयाँ बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६७३ डलर तथा चाँदी प्रतिऔंस २०.५७ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।