सेयर बजार सोमबार ६.४३ अंकले घटेको छ । आइतबार ४३.२० अंकले बढेको बजार सोमबार नै अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजार सामान्य अंकले ओरालो लागेको हो ।
यसअघि गत बिहीबार चार कारोबार दिनमा ९४ अंकले बढेपछि नेप्से १६.१४ अंकले घटेको थियो । पछिल्लो समय बजार वृद्धिको स्पष्ट आधार नभइसकेकाल अल्पकालमा आएको नाफा सुरक्षित गर्नतर्फ हतारिँदा बजार ऋणात्मक भएको हो ।
सोमबार नेप्से घटेर १९५८.९४ बिन्दुमा कारोबार बन्द भएको छ । यसदिन सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा १ अर्ब ५४ करोड ८० लाख बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ५६ करोड ११ लाख रुपैयाँले बढेको हो ।
आज उच्च कारोबार हुनेमा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । यसैगरी शिवम सिमेन्टको ११ करोड ३९ लाख ५० हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख ३९ हजार रुपैयाँ, रिडी पावरको ९ करोड ६० लाख ४ हजार रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ करोड ८५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आजको बजारमा सबैभन्दा धेरै सेयरमूल्य बढ्नेमा धौलागिरी लघुवित्तको ८.१३ प्रतिशत (१४.९० रुपैयाँ) ले बढेर १९८.१० रुपैयाँ पुगेको छ । जाल्पा सामुदायिक लघुवित्त ६.९३, आरबिबि म्युचुअल फण्ड ४.६४, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) को ४.५१ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डको इकाई ३.९४प्रतिशतले बढेको छ ।
उता आजको बजारमा उच्च नाफा घटेका कम्पनीहरुको सेयरमूल्य घट्ने सूचीको अग्र स्थानमा रहेका छन् । नाफा घटेसँगै ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको छ ।
यस्तै सपोर्ट माइक्रोफाइनान्स ५.६६ प्रतिशत, आशा लघुवित्त ४.४३, एनआईसी एशिया लघुवित्त ४.३७ र शिवम् सिमेन्टसको सेयरमूल्य ४.०१ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया