कुमारी बैंकको बाईसौं वार्षिक साधारण सभाबाट १२.५० प्रतिशत लाभांश पारित

0
Shares

कुमारी बैंक लिमिटेडको बाईसौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सोमबार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाण्डौंमा सभा सम्पन्न भएको हो । सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९/८० को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।

कुमारी बैंक लिमिटेडका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको, प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, भिषा इलोक्ट्रोन, डलर डेबिट कार्डहरु नेपाल, भारत र संसारभरि नै भिषाको सञ्जाल मार्फत पहुँचगम्य भएको, साथै नवीनतम् प्रविधिको उपयोग गर्दै कुमारी फोनपे कर्जा सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडको आ.व.२०७८/७९ मा चुक्ता पूँजी १४ अर्ब ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्व ६१ अर्व तथा नाफा १ अर्ब १४ लाख रहेको छ ।

कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण सेयरधनी, सञ्चार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिबद्दता व्यक्त गरेकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।