मगंलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

0
Shares

कात्तिक २२ मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

साताको सुरुवातमा प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य हिजो २ सय र आज ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सनको मूल्य ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औंस १६७० डलर तथा चाँदी प्रतिऔंस २०.६३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।