चिनियाँ कम्पनी बीवाइडीले प्रिमियम विद्युतीय कार ब्रान्ड लन्च गर्ने

0
Shares

चीनको सबैभन्दा ठूलो विद्युतयि कार निर्माता कम्पनी बीवाइडीले सन् २०२३ को पहिलो त्रैमासमा प्रिमियम विद्युतीय कार ब्रान्ड लन्च गर्ने भएको छ ।

नयाँ ब्रान्डको नाम सार्वजनिक नगरेता पनि बीवाइडीले उक्त प्रिमियम ब्रान्डबाट उत्पादित कारहरुको मूल्य १० लाख युवान (१ लाख ३८ हजार डलर)भन्दा माथि हुने जनाएको छ ।

पेट्रेलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई पछि छोड्दै बीवाइडीले विद्युतीय र हाइब्रीड कारहरुको उत्पादन गर्दै आएको छ । यसैगरी चिनियाँ सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विभिन्न स्कीमहरु लन्च गर्दा बीवाइडीको नाफामा वृद्धि हुँदै गएको छ ।

कम्पनीका अनुसार सन् २०२२को अक्टोबर महिनासम्म कम्पनीले १४ लाख बढी सवारी साधनहरु बिक्री गरेको छ । सेप्टेम्बरमा अन्त्य भएको त्रैमासमा बीवाइडीको खुद नाफा ५ अर्ब ७२ करोड युवान अर्थात ७८ करोड ८७ लाख डलर रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।