सरकारले दोस्रो त्रैमासमा ३० अर्ब आन्तरिक ऋण उठाउने, यस्तो छ तालिका

0
Shares

नेपाल राष्ट्र बैंकले दोस्रो त्रैमासमा ३० अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मंसिर १२ देखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका प्रकाशित गरेको हो ।

नेपाल राष्ट्र बैंकले दोस्रो त्रैमासमा १५ अर्बको ट्रेजरी बिल तथा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गरेर ३० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बैंकले सार्वजनिक गरेका तालिका अनुसार मंसिर १२ गते र पुस १८ गते ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँका दरले १५ अर्बको ट्रेजरी बिल जारी गर्दै छ ।

त्यस्तै २, ३ र ४ वर्षे गरी तीनवटा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । बैंकले ८ अर्बको २०८१ ‘छ’, दुई अर्बको २०८२ ‘छ’ र पाँच अर्बको २०८३ ‘ज’ नामक विकास ऋणपत्र जारी गर्ने भएको हो । यी ऋणपत्र मंसिर १३, २७ र पुस ५ गते जारी हुने केन्द्रीय बैंकले जनाएको छ ।

सरकार तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँ तथा चौथो त्रैमासमा १ खर्ब ३८ अर्बको आन्तरिक ऋण उठाउने योजनामा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।