आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले ५५ प्रतिशतले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ६६ लाख ४० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्त १ करोड ४७ लाख ७२ हजार रुपैयाँ खुद नाफामा थियो ।
वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा लघुवित्त कम्पनीको अधिकांश सूचाङ्कहरु घटेका छन् । जगेडा कोष ३६.८० प्रतिशत घटेको कम्पनीको खुद ब्याज आम्दानी २६.३४ तथा र सञ्चालन नाफा ६५.९१ प्रतिशतले घटेको छ ।
असोजसम्म ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड २५ लाख ७३ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ७८ लाख ३० हजार रुपैयाँ तथा सञ्चालन नाफा ६२ लाख ३२ हजार रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात बढेर ४.९५ प्रतिशत पुगेको लघुवित्तले इम्पेयरिमेन्ट चार्ज बापत ९१ लाख ८७ हजार रुपैयाँ छुट्याएको छ ।
असोज मसान्तसम्म लघुवित्तीय संस्थाले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब १८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर ५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप १८.०४ र कर्जा लगानी ६.६४ प्रतिशतले बढेको छ । कम्पनीको सापटी ०.६४ प्रतिशतले घटेको छ ।
नाफामा आएको उच्च गिरावटले आरम्भ चौतारीको वार्षिक प्रतिसेयर आम्दानी १३.३७ रुपैयाँले घटेर ७.२४ रुपैयाँमा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १३०.६६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मुल्य १४७० रुपैयाँ, कष्ट अफ फन्ड ९.५९ प्रतिशत, मूल्य आम्दानी अनुपात ९८.३४ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया