नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुराना पाँच आर्थिक वर्षभन्दा पुरानाे नगद लाभांश संकलन नगरेका लगानीकर्तालाई यथाशीघ्र सो लाभांश बुझ्न आग्रह गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०६६-६७ देखि २०७२-७३ सम्मको नगद लाभांश बुझ्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको हो । कतिपय सेयरधनीहरुले आर्थिक वर्षहरु २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र २०७२–७३ को नगद लाभांश लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो ।
पाँच वर्षसम्म नबुझेको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले आगामी ३५ दिनभित्र आफ्नो सेयर प्रमाणपत्र सहित सेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न लघुवित्त कम्पनीले अनुरोध गरेको छ ।
लगानीकर्ताले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिई लघुवित्तको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा ३५ दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।
संस्थाले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न समेत भनेको छ । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण संस्थाको वेवसाइटमा प्रकाशित गरिएको लघुवित्तले जनाएको छ ।
पछिल्लो समय धितोपत्र कारोबारमा प्रविधिमैत्री भैसकेको छ । कम्पनीहरुले साधारण सभाबाट पारित भएको लाभांश ( सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सिधै डिम्याट खातामा र नगद लाभांश नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सम्बन्धीत सेयरधनीको डिम्याट खातामा अद्यावधिक बैंक खातामा) सोझै पठाउने गरेको छ ।
आस्वा प्रणाली लागू हुनुपूर्वका नगद लाभांश सम्बन्धित कम्पनीका सेयरधनीहरुले उक्त कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय मार्फत संकलन गर्नुपर्ने व्यवस्था थियो । डिम्याट कारोबार र आश्वा प्रणाली लागू भएपछि नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा हुने व्यवस्था गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया