मर्जरमा रहेका ३३ मध्ये २९ कम्पनीको सेयर कारोबार खुल्दै, यी हुन् कम्पनी


नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गरेसँगै मर्जर प्रकृयामा रहेका २९ कम्पनीको सेयर कारोबार खुल्ने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै उल्लेखित कम्पनीको सेयर कारोबार सुचारु हुने भएको हो ।

हाल मर्जर तथा विलय प्रकृयामा रहेका ३३ मध्ये ३ कम्पनीको सेयर कारोबार भईरहेको छ भने एउटा बीमा कम्पनी दोस्रो बजारमा सूचीकृत भएको छैन । यस आधारमा ४ कम्पनी बाहेकका २९ कम्पनीका आधारभूत बाहेकका अरु सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका हुन् ।

कात्तिक २४ गतेदेखि लागू भएको निर्देशिकाले अब मर्जरमा जाने कम्पनीको मात्र नभई यस अघि मर्जर तथा प्राप्ति प्रकृयामा रहेका कम्पनीको आधारभुत बाहेकका सेयरधनीको कारोबार फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । योसँगै हाल मर्जरमा रहेका बैंक, बीमा तथा अरु कम्पनीहरुले आधारभूत बाहेकका सबै सेयरधनीको कारोबार सुचारु गराउनु पर्ने भएको हो ।

मर्जरमा जाने कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने, बोर्डले जारी गर्यो निर्देशिका

निर्देशिकाको दफा १३ ले अन्य नियमनकारी निकायका कारण सेयर कारोबार रोक्का रहेको भएमा त्यस्ता नियामकको सहमतिमा आधारभूत बाहेकका सेधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ ।

“यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ ।” निर्देशिकाको दफा १३ को १ मा उल्लेख छ । त्यसैगरी सोही दफाको उपदफा ४ मा “यस दफामा अन्यत्र जेसुकै लेखिएको भए तापनि सम्बन्धित नियमनकारी निकायले सेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित नियामकको सहमतिमा आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्न सकिने छ” भन्ने उल्लेख छ ।

उक्त व्यवस्था अनुसार मर्जर प्रकृयामा रहेका ८ वटा वाणिज्य बैंकको सेयर कारोबार सुचारु हुने भएको छ । जसमा ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, सिभिल, एनसीसी, कुमारी, नेपाल इन्भेष्टमेण्ट, मेगा र सेञ्चुरी कमर्शियल बैंक रहेका छन् ।

त्यसैगरी १४ बीमा कम्पनीहरुमा अजोड, प्रभु, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, लुम्बिनी जनरल, सगरमाथा, प्रभु लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, सूर्या लाइफ, ज्योती लाइफ, सिद्दार्थ र प्रिमियर इन्स्योरेन्स रहेका छन् ।

त्यसैगरी ७ लघुवित्त कम्पनीहरुमा सिवाईसी नेपाल, आँधीखोला, आदर्श, नेशनल, समीट, साना किसान र आरएमडिसी लघुवित्त रहेका छन् ।

हाल मर्जरमा रहेका सबै कम्पनीको सेयर कारोबार खुल्ने, लगानीकर्तालाई राहत

कुन कुन कम्पनीका बिचमा हुँदैछ मर्जर तथा विलय ? तालिकामा हेर्नुहोस्:-

S.N. Name of Companies on Merger Process Trading Halted Company Action Company Name (After Merged)
1 Ajod Insurance – Prabhu Insurance Limited. Both Merger Ajod Insurance Limited
2 CYC Nepal Laghubitta – Adhikhola Laghubitta Bittiya Both Merger Adhikhola Laghubitta Bittiya Sanstha Limited
3 Deprosc Laghubitta – Adarsha Laghubitta Adarsha Laghubitta Only Acquisition Deprosc Laghubitta Bittiya Sanstha Limited
4 Global IME Bank – Bank of Kathmandu Both Merger Global IME BOK Limited
5 Gurans Life Insurance – Union Life Insurance – Prime Life Insurance 3 Company Merger Union Life Insurance Company Limited
6 Himalayan Bank – Civil Bank Civil Bank Only Acquisition Himalayan Bank Limited
7 Lumbini General Insurance – Sagarmatha Insurance Both Merger Lumbini General Insurance Limited
8 National Microfinance Laghubitta Bittiya – Summit Laghubitta Both Merger National Microfinance Bittiya Sanstha Limited
9 Nepal Credit and Commerce Bank – Kumari Bank Both Merger Kumari Bank Limited
10 Nepal Investment Bank – Mega Bank Nepal Both Merger Nepal Investment Mega Bank
11 Prabhu Bank – Century Commercial Bank Century Commercial Bank Only Acquisition Prabhu Bank Limited
12 Prabhu Life Insurance – Mahalaxmi Life Insurance Prabhu Life Insurance Only Merger Prabhu Life Insurance Limited
13 Sana Kisan Bikas Laghubitta – RMDC Laghubitta Both Merger Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited
14 Sanima Life Insurance – Reliance Life Insurance Both Merger Sanima Life Insurance Company Limited
15 Siddhartha Insurance – Premier Insurance Both Merger Siddhartha Insurance Limited
16 Surya Life Insurance – Jyoti Life Insurance Both Merger Surya Life Insurance Company Limited
  Total 33 Companies are in Merger and Acquisition Process Stock trading of 29 companies are halted    

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।