चुनावले टेलिकमको सामूहिक सन्देश सेवा थप प्रभावकारी बन्दै

0
Shares

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सामूहिक सन्देश सेवालाई जोड दिँदा पछिल्लो समय नेपाल टेलिकमको उक्त सेवा थप प्रभावकारी बन्दै जान थालेको छ ।

टेलिकमले ल्याएको सामूहिक सन्देश सेवाबाट सुलभ दरमा एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने भएपछि प्रभावकारी बनेको हो ।

योजना अन्तर्गत यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार (करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा २ हजार ५०० (करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा ५ हजार (करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्ने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

यो सेवा प्रयोग गर्नका लागि https://groupsms.ntc.net.np/ लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्क नम्बरको सूची (Contact) मा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको जनाइएको छ ।

Contact

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।