सुनचाँदीको भाउ पछिल्लो समय दिनप्रतिदिन बढ्न थालेको छ । मंसिर नजिकँदै गर्दा बढी माग हुने समयमा मूल्य बढ्दा सुन जोड्न चाहने तथा विवाहका लागि सुन खरिद गर्नेहरुको लागत बढ्ने देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ उकालो लागेसँगै नेपाली बजारमा पनि सोही अनुसारको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कात्तिक २७ गते आइतबारका लागिछापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदी आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ ।

अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा पाँच रुपैयाँले उकालो लागेको हो ।
शुक्रबार छापाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी१ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७७१ डलर तथा चाँदी प्रतिऔंस २१.७१ डलरमा कारोबार भइरहेको छ । शुक्रबार सुन औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २०.९० डलरमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया