सेयर बजारमा सामुहिक लगानी कोषको खुलामुखि योजना परिक्षण गरीने


नेपाल धितोपत्र बोर्डले एनआइवीएल एस सामुहिक लगानी कोष अन्तर्गतको खुलामुखि योजना सञ्चालन गर्ने अनुमती दिएको छ। धितोपत्र बजारमा परिक्षणका लागि भन्दै बोर्डले एनआइवीएल सामुहिक लगानी कोषलाइ ५० करोड रुपैयाँ बरावरको खुलामुखि योजना सञ्चालन अनुमती दिएको हो ।

एनआइवीएल सहभागीता फण्ड नामक योजनाको योजना व्यवस्थापकको रुपमा एनआइवीएल एस क्यापीटल रहेको छ । आगामी जेठ १५ गते भित्र सर्वसाधारणमा बिक्री गरीसक्ने एनआवीएल एस क्यापीटलले जनाएको छ ।

पहिलो चरणमा २० करोड रुपैयाँ बरावरको २ करोड इकाइ निष्कासन गर्ने तयारीमा एनआइवीएल एस क्यापीटल रहेको छ । तर, नेपाल धितोपत्र बोर्डले माग गरेभन्दा धेरै आवेदन आएको खण्डमा ५० करोडसम्म बिक्री गर्न अनुमती दिएको छ ।

सो योजनामा साढे सात करोड रुपैयाँ विउ पुँजीको रुपमा प्रवद्र्धक कम्पनी नेपला इन्भेष्टमेन्ट बैंकले लगानी गर्नेछ । योजना २० करोडको भएको खण्डमा साढे १२ करोड र ५० करोडको भए साढे ४२ करोड रुपैयाँ सर्वसाधारणको रहनेछ ।

हालसम्म करीव १६ अर्व रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना सञ्चालनमा आइसकेका छन । ती मध्ये केही परिपक्क पनि भैसकेका छन । यसभन्दा अघि एनआइडीसी क्यापील मार्केटले खुलामुखि योजना सुरु गरेको भएपनि बजारले सकारात्मक प्रतिक्रिया नदिएपछि बन्द भएको थियो ।

खुलामुखी योजनाको बिशेषता

 

  • बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्रदलाल मार्फत कारोवार नहुने ।

 

  • योजनाको खुद सम्पत्तिमूल्यको आधारमायोजना व्यवस्थापकले नै योजनाको इकाईको खरीदबिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीद बिक्रीगर्न सक्ने ।

 

  •  खुलामुखी योजना निश्चितअवधिमा परिपक्वहुने नभई निरन्तर संचालनमा रहने ।

 

  •  लगानीकर्ताहरुले ईकाइखरिद गर्दा कुनै शुल्क नलाग्ने ।

 

  • बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँहुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीदगर्न सकिने ।

 

  • लगानीकर्ताहरुको मागअनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।