एनआरएन इन्फ्रास्ट्रक्चर नोक्सानीमा

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले नोक्सानी व्यहोरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण अनुसार कम्पनी ४५ लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७६ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीले नोक्सानी ब्यहोरेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.४९ रुपैयाँ ऋणात्मक बनेको छ । कम्पनीको जगेडा कोषमा १० करोड २३ लाख ७२ हजार रुपैयाँ सञ्चित रहँदा प्रतिसेयर नेटवर्थ ११५.२१ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड १२ लाख ५६ हजार रुपैयाँ आम्दानी गर्दा २४ लाख ३९ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको आम्दानी १५.८४ प्रतिशत तथा खर्च १९.१८ प्रतिशत घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  ०९ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।