नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ ।
विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते दुई दिन बिदा हुने भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया