चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, उम्मेदवारले पनि उपहार पाउने


नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ ।

अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदाता मध्ये ३ जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका ३ जना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । मतदाताले सिफरिस गरेका उम्मेद्धारले निर्वाचनमा विजयी वा हार व्यहोरे पनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले कोही उम्मेदवारको नाम बससेवालाई सिफरिस गरएपछि उम्मेदवारले पनि उपहार प्राप्त गर्नेछन् ।

मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिने बससेवाले जनाएको छ । विजेताको चयन बससेवाको अािधकारिक फेशबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिनेछ ।

मतदाता लक्षित उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, “देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढीभन्दा बढी सहभागीता होस् भन्ने उदेश्यले यस्तो अफर सार्बजनिक गरेका हौं ।

मतदाता मत हाल्न जाने तर उम्मेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौं ’ ।

यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागू हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगे अड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।