नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक ३० गते बुधबार (आज) अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर १० गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि मंसिर १ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । बुकक्लोज अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकले मंसिर १ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरुेको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।