नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो लाभांश

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २९ गते मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

२०७९ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ छ । जसको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

जसमध्ये बैंकले ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बैंकले ५ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।