लक्ष्मी बैंकले युएसआइडीको व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहकार्य गर्ने

0
Shares

लक्ष्मी बैंक (LBL) ले अमेरिकी सहयोग नियोग (युएसआइडी)ले अघि बढाएको व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहकार्य गर्ने भएको छ ।

युएसआइडीले नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई)को वित्तीय उत्पादन वृद्धि, पर्यटन, कृषि, लगायतका क्षेत्रमा पहुँचता बढाउने लक्ष्यका साथ व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधि परियोजना विकास गरेको थियो ।

युएसआइडीको उक्त परियोजनमा सहकार्य गर्दै लक्ष्मी बैंकले सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।

नेपाली अर्थतन्त्र कोभिड–१९ महामारीबाट धरासायी भएको नेपालको अर्थतन्त्रको पुनरुत्थानका लागि युएसआइडीले उक्त परियोजना अघि सारेको थियो । पाँच वर्षको यस परियोजनाले नेपालको अर्थतन्त्रमा विविधिकरण ल्याई गुणस्तरीय सामाग्रीको आयात बढाउन र रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक वृद्धि दर बढाउन मदत गर्ने छ ।

युएसआइडी व्यापार तथा प्रतिस्पर्धात्मक गतिविधिमा लक्ष्मी बैंकको साझेदारीले संगठनात्मक शक्ति विकास, अनुभव साटासाट, प्रविधि, कार्य विधि, तथा आवश्यक स्रोतको विकास गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

नेपाली जनसमुदाय तथा व्यवसायीहरुमा वित्तीय पहुँच पु¥याउने र समृद्ध बनाउने परिकल्पनाका साथ लक्ष्मी बैंकले ५० जिल्लामा १४३ शाखा, ५ अस्पताल सेवा काउन्टर, १३ एक्सटेन्सन काउन्टर र १७७ एटीएम बूथहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।