बैंकहरुले ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढाएपछि राष्ट्र बैंक आफैँले खरिद गर्यो 


बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढाएपछि बिहीबार राष्ट्र बैंक आफैले खरिद गरेको छ । बैंक वित्तीय संस्थाले बिहीबार निष्कासन भएको ट्रेजरी बिल्समा गत सोमबारको भन्दा बढाएर बोल गरेपछि आधार भन्दा धेरै कन्द्रीय बैंक आफैले खरिद गरेको हो । 

आगामी सोमबार सार्वजनिक विदा भएकाले बिहीबार नै १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोल आह्वान भएको छ । त्यसमा बैंक वित्तीय संस्थाले गत साताको भन्दा धेरै डिस्काउन्ट रेट माग गरेपछि केन्द्रीय बैंकले १८२ दिने ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स राष्ट्र बैंकले नै खरिद गरेको हो । त्यसैगरी ११ करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल्सको सरकारले साँवा फिर्ता गरेको छ ।

केन्द्रीय बैंकल बिहीबार ९१ दिने २ अर्ब २३ करोड र १८२ दिने १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल भएको थियो । बैंक वित्तीय संस्थाबाट आह्वान गरीए भन्दा धेरै माग भएको थियो ।

गत सोमबार ९१ दिने ट्रेजरी बिल्सको औसत औसत डिसकाउन्ट रेट १०.३३०५ प्रतिशत कायम भए थियो । तर, बिहीबार बैंक वित्तीय संस्थाले ९१ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट न्यूनतम १०.५००२ र अधिकतम ११.०९०० प्रतिशत माग गेका छन् । यसको औसट डिसकाउन्ट रेट १०.९०३३ प्रतिशत रहेको छ । 

त्यसैगरी बिहीबारको १८२ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम १०.४९९९ र अधिकतम १२.२४०१ बोल गरेका छन । यसको औसत डिस्काउन्ट रेट ११.९३९२ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट गत सोमबारको औसत भन्दा धेरै हो । गत सोमबार १८२ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ११.९२४१ प्रतिशत थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।