पचास ब्रोकर र एक स्टक डिलरको सदस्यता नवीकरण

0
Shares

आर्थिक वर्ष २०७९/८० का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा धितोपत्र सदस्य दलाल कम्पनी (ब्रोकर) ब्रोकर र एक स्टक डिलरको सदस्यता नवीकरण भएको छ ।

नेप्सेले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सदस्यता प्राप्त गरेका ५० वटै ब्रोकर कम्पनी र नागरिक स्टक डिलरको सदस्यता नवीकरण भएको जनाएको हो ।

हाल नेपालमा धितोपत्र बोर्ड तथा नेप्सेबाट ५० वटा ब्रोकर र एउटा स्टक डिलर कम्पनी विधिवत रुपमा इजाजत लिएर स्थापना भएका छन् ।

नेपालमा धितोपत्र बोर्ड (सेबोन) ले सशक्त कम्पनी चाहिने भन्दै पुँजी वृद्धि गरेर नयाँ थप ब्रोकर तथा स्टक डिलर कम्पनीको लागि नयाँ इजाजत खुला गरेको थियो । तर सर्वोच्च अदालतको आदेशपछि उक्त प्रक्रिया अवरुद्ध अवस्थामा छ । अदालतको फैसला (पूर्ण पाठ) अनुसार अनुमति दिए हालको संख्यामा वृद्धि हुनेछ भने रोक लगाएको खण्डमा अझै विद्यमान इजाजत प्राप्त संस्थाबाट धितोपत्र बजारमा कारोबार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।