नेशनल लाइफमा सर्वसाधारण शेयरधनीको हिस्सा बढ्ने, आज साधारण सभा

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण शेयरधनीको हिस्सा बढ्ने भएको छ ।

कम्पनीको आज हुने बार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्नुका साथै आर्थिक बर्ष २०७४र७५ को प्रस्तावित लाभांश पारित गर्दैछ ।

साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुनेछ ।

साधरण सभाले कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीमा ३५ प्रतिशत संस्थापक र ६५ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ ।

त्यस्तै उक्त सभाले आर्थिक बर्ष २०७४/७५ को प्रस्तावित १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयरलाई अनुमोदन गर्नेछ। साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख ४० हजार छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।