कुमारी र एनसीसी बैंक समान हैसियतमा गाभिने

0
Shares

कुमारी बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा समान हैसियतमा गाभिने भएका छन ।

संयुक्त मर्जर समितिले एक बराबर एक सेयर अनुपात निर्धारण गर्न दिएको प्रतिवेदन दुवै बैंकले पारित गरेका छन । दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदन समेतको आधारमा समान हैसियतमा मर्जरमा जान तयार भएका हुन ।

कुमारी बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १स्१ कायम गर्ने गरी सेयर स्वाप रेशियो स्वीकृत गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।