नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको चार दिने मोटर र्याली सम्पन्न भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त र्याली पोखराबाट शुरु भई उत्तरी सिमा कोरोला नाकामा पुगि समाप्त भएको थियो । र्यालीको मूलनारा “आन्तरिक पर्यटनको लागि सबै सँगै” रहेको थियो ।
उद्यमीहरूका लागि व्यापारिक अवसरहरु खोज्नु, नेपालमा निर्मित अथवा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु, अन्तर्राष्ट्रिय व्यापार मार्ग र यसको सम्भावनाहरूको खोजी गरी गण्डकी प्रदेशवासीले फाइदा दिने उद्देश्यले आयोजना गरिएको ¥याली सफल भएको एनवाईईएफ एनजिसीका अध्यक्ष रितेश लामिछानेले बताए ।
मोटर र्यालीमा संलग्न युवाहरुले ¥यालीको अवधिभर पैदलयात्रुहरु र्यालीका बाइक, कार र बसहरुले उडाउने धुवा धुलोबाट प्रभावित रहेको अनुभव गरेका छन् । यस समस्याको समाधानका लागि पैदलयात्रीहरुलाई असर नगर्ने गरी छुट्टै गोरेटो बाटोको वैकल्पिक निर्माण गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ । यसैगरी कच्चा पदार्थ ओसार पोसारका लागि विकासका पूर्वाधारहरुको उचित व्यवस्था गर्नुपर्ने सहभागीहरुको धारणा रहेको छ ।
र्यालीले कोभिड पछि सुस्ताएको पर्यटन उकास्न, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङ लगायतका ठाउँहरुको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिएको एनवाईईएफ पोखरा च्यापटरका अध्यक्ष सुयश मल्लले जनाएका छन् ।
र्यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुको सहभागिता रहेको थियो । सो र्यालीको मुख्य प्रायोजकमा मित्सुबिसी मोटर्स, प्रायोजकमा पञ्चकन्या ग्रुप, एनएमबि बैंक, आइ क्यापिटल, लुम्बिनी जनरल इन्सुरेन्स लगायतका अन्य प्रायोजकहरु रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया