अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने

0
Shares

अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ ।

विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ ।

गत साता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने मङ्गलबार स्थानीय मुद्रा सटही बजारमा यो दर ८९ अफगानी थियो ।

विगत केही महिनायता सङ्कटग्रस्त अफगानिस्तानको केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यन रोक्नका लागि देशको मुद्रा परिवर्तन गर्ने बजारमा लाखौं अमेरिकी डलर भित्राएको छ ।

युद्धग्रस्त एसियाली मुलुक अफगानिस्तानको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताअन्तर्गत गत वर्ष एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।