हिमालयन डिस्टिलरीले बम्पर लाभांश सहित बोलायो एजिएम, बुकक्लोज कहिले ?

0
Shares

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

कम्पनीले वितरण गर्ने लाभांश दर भने अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष अर्थात २०७७/०७८ मा कम्पनीले लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।